भारतमा एकैदिन थपिए ३ हजार भन्दा बढी कोरोना संक्रमित

116
Shares

काठमाडौँ, २१ वैशाख । भारतमा पछिल्लो चौबिस घण्टामा ३ हजार २०५ जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ।

यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५०९ पुगेको छ।

मन्त्रालयका अनुसार २ हजार ८०२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो एक दिनमा ३१ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *