कोरोना आज : ९ जना थपिए, १८ जना निको भए
काठमाडौँ, १९ बैशाख । पछिल्लो चौविस घण्टा भित्र थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि अवधीमा १८ जना भने कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही वेर अघि सार्वजनिक गरेको विवरणमा एन्टीजेन र पीसीआर विधिबाट ४ हजार २५५ जनाको परीक्षण गर्दा ९ जनामा संंक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
मन्त्रालयले पछिल्लो चौविस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको जनाएको छ । उसले पछिल्लो विवरणसंगै देशभर सक्रिय संक्रमितको संख्या २११ रहेको जनाएको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको समेत बताएको छ ।
सन् २०१९ को डिसेम्बर ३१ का दिन चीनको उहानमा देखा परेको यो भाइरसले करीव अढाई वर्षको अवधीमा ११ हजार ९५१ जनाको ज्यान लिईसकेको छ ।
सम्पर्क इमेल : [email protected]