चौबिस घण्टामा थप १० जनामा कोरोना संक्रमण, १८ जना डिस्चार्ज
काठमाडौँ, १३ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ६४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन बिभिबाट नमुना परीक्षण गर्दा २ जना गरी जम्मा ५ हजार २२६ जनाको नमुना परीक्षण भएकोमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या २६१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २६०र संस्थागत आइसोलेसनमा १ जना रहेका छन् ।
त्यसैगरी शून्य सक्रिय संक्रमित रहेका जिल्ला ३४ वटा रहेका छन् ।आइसीयू र भेन्टीलेटरमा उपचार गराउनेको संख्या भने शून्य रहेको छ ।
सम्पर्क इमेल : [email protected]