चीनमा २ हजार ११९ जना कोरोना संक्रमित भेटिए

100
Shares

बेइजिङ, ९ वैशाख । चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।

सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ । जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ । बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ ।

कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ । चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना सङ्क्रमणको को कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *