चौबिस घण्टामा थपिए ४ कोरोना संक्रमित, ४४ जना निको भए
सक्रिय संक्रमितको संख्या ४७९

काठमाडौँ, १ बैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २ हजार २६२ पीसीआर नमुना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ८० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा १२ र भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४७९ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



