थपिए २६ जना कोरोना संक्रमित, ३७ जना डिस्चार्ज

काठमाडौँ, २९ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ८६६ सय पीसीआर नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । १ हजार २१२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा ११ र भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५५४ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला इलाम, सोलुखुम्बु, खोटाङ, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु र बाजुरा गरी १५ वटा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *