चौबिस घण्टामा थप २२ जनामा कोरोना संक्रमण, ४६ जना डिस्चार्ज

काठमाडौँ, २८ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ९७२ सय पीसीआर नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । १ हजार १७२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६८ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


