चौबिस घण्टामा थप ४ जनामा कोरोना संक्रमण, ४८ जना डिस्चार्ज
काठमाडौँ, २७ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८ सय पीसीआर नमुना परीक्षण गर्दा ३ जना र ९ सय ४० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ जना गरी कुल २ हजार ७ सय ४० जनाको नमुना परीक्षण गर्दा ४ जनााको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा ११ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]