स्वास्थ्य बीमाको नबिकरण अब अनलाइनबाटै

काठमाडौँ, २५ चैत । स्वास्थ्य बीमाको नविकरण गर्न दर्ता सहयोगी खोज्न नपर्ने भएको छ । बीमा सुरु भएको छैटौँ वर्ष पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आजबाट अनलाइनबाट नविकरण गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले नयाँ सुविधाको शुभारम्भ गरे ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी सोभियत रिजालका अनुसार पहिलो चरणमा कनेक्ट आईपीएस र खल्ती एपबाट यो सुविधा लिन सकिन्छ । उनले ई सेवा लगायत अन्य डिजिटल वालेटबाट विस्तारै यो सेवा दिईदै जाने जानकारी दिए ।

बोर्डका आईटी अफिसर कालुसिंह कार्कीले कनेक्ट आईपीएस र खल्ती एपबाट विमितहरुले आजबाटै आफ्नो स्वास्थ्य बीमा नविकरण गर्न सकिने बताए । कनेक्ट आईपीएसमा गएर आफ्नो पोलिसी नम्बर हालिसकेपछि स्वास्थ्यबीमा नविकरण गर्न सकिन्छ ।

सूचना अधिकारी रिजालले सेवा केन्द्र परिवर्तन गर्नु परेमा भने निवेदन लिएर बीमा गरेकै ठाँउको कार्यालयमा गएर निर्णय गराउनु पर्ने उनले बताए ।

त्यसो त बीमा बोर्डले आजबाटै आफ्नो मोवाइल एप्लिकेशन एचआईबी प्रोफाइल एप समेत सञ्चालनमा ल्याएको छ । यसबाट स्वास्थ्य बीमामा आवद्ध नागरिकले अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी अब आफ्नै मोबाईलबाट लिन सक्ने छन् । आईटी अफिसर कार्कीले शुभारम्भ आजबाट गरे पनि सेवा लिनका लागि नागरिकले करीब एक साता कुर्नु पर्ने बताए ।

विसं २०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा सुरु भएको छ । अहिले प्रति परिवार ९ पाँच जना० ले बार्षिक ३ हजार ५०० रुपैयाँ रकम तिर्दा १ लाख रुपैयाँ सम्मको उपचार लिन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *