चौबिस घण्टामा थप १३ जनामा कोरोना संक्रमण, ५७ संक्रमणमुक्त

132
Shares

काठमाडौँ, २३ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ३ हजार ३५८ पीसीआर नमुना परीक्षण गर्दा १० जनाको र १ हजार ४४९ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ गरी १३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

आइसीयूमा १२ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७६५ रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *