चौबिस घण्टामा थप ११ जनामा कोरोना संक्रमण, ९० संक्रमणमुक्त
काठमाडौँ, १९ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ९० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आज जारी गरेको बिबरण अनुसार २ हजार ८३ पीसीआर नमुना परीक्षण गर्दा १० जनाको र १ हजार २७७ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ गरी ११ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १६ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]