चौबिस घण्टामा थप २२ जनामा कोरोना संक्रमण, ७५ संक्रमणमुक्त

काठमाडौँ, १८ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आज जारी गरेको बिबरण अनुसार २ हजार ५१६ पीसीआर नमुना परीक्षण गर्दा १६ जनाको र १ हजार ३१९ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ गरी २२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १३ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २२ रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



