चौबिस घण्टामा ५१९२ परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण, ७७ डिस्चार्ज

काठमाडौँ, १६ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ हजार १९२ नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ७७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ३ हजार ९४० पीसीआर नमुना परीक्षण गर्दा २५ र १ हजार २५२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ गरी २६ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८ जना भेटिएका छन् भने ललितपुर र भक्तपुरमा आज कुनै संक्रमित भेटिएका छैनन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा १८ र भेन्टीलेटरमा ३ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १४६ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *