बेरियाट्रिक सर्जरी : मोटा मानिसका लागि बरदान
काठमाडौँ, १५ चैत । २६ वर्षकै उमेरमा तौल बढेर १०९ केजी पुगेपछि काठमाडौँकी राधिका थापा (नाम परिवर्तन)लाई रातभरी निद्रा लाग्दैनथ्यो ।
भारी शरीरमा थपिएका थाइराइड, हाइपरटेन्सन, मधुमेह, फ्याटी लिभर जस्ता रोगहरुका लागि नियमित औषधि सेवन गर्नु परेको थियो । यत्ति मात्रै कहाँ हो र ? त्यसबेला उनलाई स्लिप एप्नीया सिन्ड्रमको समस्या थियो, महिनावारी गडबढी पनि हुन्थ्यो ।
भर्खरकै उमेरमा बढ्दै गएको अनियन्त्रित तौलसंगै थपिएका विभिन्न खालको रोगका कारण उनलाई मानसिक तनाव बढ्न थाल्यो । फलत उनी डिप्रेसनमा समेत पुगिन् ।
……………………………………………….
माथि उल्लेखित समस्या राधिकाको जीवनमा तीन वर्ष अघि आएको समस्या थियो । तर अहिले यी सबै समस्याबाट मुक्त छिन् । कसरी ? बेरियाट्रिक सर्जरीले गरिदियो कमाल ।
हो, ठयाक्कै सात महिना अघि धापासीस्थित ग्राण्डी अस्पतालमा बेरियाट्रिक सर्जरी गरेकी राधिकाले यो अवधीमा २५ केजी तौल घटाएकी छन् । आफ्नो शरीरको तौल अझै १४ १५ केजी घट्नेमा उनी ढुक्क छिन् ।
सात महिना अघिसम्म नियमित रुपमा खाएका आधा दर्जनबढी रोगका औषधिहरु अब खान नपर्ने भएको छ । स्लिप एप्निया सिन्ड्रोम छैन्, रातीमा मज्जाले निद्रा लाग्न थालेको छ । यसअघि देखिएको महिनावारी गडवडी लगायतका समस्या हटेर गएको छ । अहिले उनले स्वस्थ र फुर्तिलो भावमा जीवनका गति बढाएकी छन् ।
कसरी भयो सम्भव ?
राधिका विगत कोट्याउन थाल्छिन्, अनि भन्छिन्, ‘पाँच वर्ष अघि सम्म मेरो तौल ४९ केजी थियो । तर त्यस यताको अवधीमा बढेर १०९ केजी पुग्यो ।’
उनले दिनहुँ बढदै गएको शरीरको तौल नियन्त्रणका लागि कोसिस नगरेको पनि होइन । तर नतिजा अपेक्षाकृत सफल भएन् । सुरुमा थाइराइडको समस्या देखा परयो । त्यसको उपचार सुरु भयो । औषधि चलाउन थालियो, त्यसपछि हाइपरटेन्सन, टाइप-टू डायविटिज, फ्याटि लिभर लगायतका समस्याहरु एक पछि अर्को गर्दै थपिन थाले ।
उनी र उनको परिवारले उपचारका लागि धेरै क्लिनिक र अस्पताल धाउन थाले, अनेकन डाक्टरहरुसंग सल्लाह लिए । अँह समस्याको समाधान निस्किएन । यहि क्रममा राधिकाले एक जना दिदीबाट थाहा पाइन ग्राण्डीमा काम गर्ने डा सुवर्णध्वज थापाबारे ।
उनी आफन्त लिएर ग्राण्डी छिरिन् । यो सन् २०१९ तिरको कुरा हो । इन्डोक्राइनोलोजिष्ट डा थापाले उनलाई जाँच गरेपछि भने, तौल बढी भयो, घटाउनु परयो । राधिकाले कोशिश त गरिन तर सकिनन् । त्यसपछि विकल्प निस्कियो बेरियाट्रिक सर्जरी ।
डा थापाले ग्राण्डीकै बरिष्ठ ग्यास्ट्रो सर्जन डा राकेशकुमार साहलाई भेटने सल्लाह दिए । राधिकाले डा साहलाई भेटिन्, उनको कुरा सुनेपछि आफू पनि बेरियाट्रिक सर्जरी गर्न राजी भईन् ।
‘सात महिना भयो सर्जरी गरेको २५ केजी कम भयो । अब पनि कम हुन्छ भन्नु भएको छ डाक्टर सावहरुले खुशी भावमा उनले भनिन्,’ डा साहले राधिकाको तौल अझे १४ – १५ केजी घटने संकेत गरे ।

के हो बेरियाट्रिक सर्जरी ?
नेपालमै पहिलो पटक व्यारियाट्रिक सर्जरी भित्र्याउन सफल डा साह भन्छन्, व्यारियाट्रिक सर्जरी मोटोपना घटाउने शल्यक्रिया हो । यसलाई मेटाबोलिक सर्जरी पनि भनिन्छ ।
उनी अगाडी थप्छन्, मोटोपनाले हाम्रो शरीरका हरेक अंगमा केही न केही असर पारिराखेको हुन्छ । जसलाई हामीले कन्स्टिलेसन सिन्ड्रम भन्छौँ । जसलाई ओवेसिटी रिलेटेड सिन्ड्रम्स पनि भन्छौँ । सबैमा असर पार्ने हुनाले यसलाई मेटावोलिक सर्जरी भनिएको हो ।
बेरियाट्रिक सर्जरी किन ?
मोटोपना आफैमा एक रोग हो । त्यसबाहेक यसले अरु रोग पनि बढाउँदै जान्छ । यदि सहज ढंगले तौल वा मोटोपना घटाउन सकिएन भने विकल्पको रुपमा यो सर्जरी पनि गर्न सकिन्छ ।
डा साहले अगाडी थप्छन्, ‘मोटोपनाले शरीरको हरेक भागमा असर गर्दछ । जसले गर्दा मेटाबोलिक डिजिज जस्तै डायविटिज,सुगर, मधुमेह, मुटुको रोग, क्यान्सर, स्वासप्रस्वासको समस्या, यावत कुराले गर्दा समस्य हुन्छ । यस्तै छोरी मान्छेमा महिनावारीको गडबढी र निसन्तान जस्ता समस्या हुन जान्छ । यस्तै हाडजोर्नीमा समस्या हुने, जोर्नी चाडै खिईने । जसलाई मोरिविड ओवेसिटी भन्छौं त्यो रोग नै भन्छौँ । अर्थात मोटोपना पनि एक खालको रोग नै हो ।
डा साह भन्छन्, ‘बेरियाट्रिक सर्जरी विश्वका धेरै देशमा हुने सर्जरी हो । अमेरिकामा बर्षको तीन देखि ५ लाखले यस्तो सर्जरी गराउने गरेको पाइएको छ । नेपालमा पहिलो पटक यो सर्जरी मैले नै सुरुवात गरेको हो । सन् २०१४ मा । त्यसबेला म नेपाल मेडिकल कलेजमा काम गर्दथें । तर पनि यो बीचमा यस्तो सर्जरी धेरै भईसकेको छैन् ।
डा साहले बेरियाट्रिक सर्जरी कम हुनुमा जानकारी अभाव हुनु पहिलो कारण मान्छन् । यो पव्लिकमा अवारनेशको कमीले यो सर्जरीका कमी देखिएको छ । मोटोपना आफैमा रोग हो भन्ने बुझ्न जरुरी छ । मोटोपनाले अरु सिस्टमलाई पनि असर गर्दछ । जसलाई यो रोग हो भन्ने थाहा छ त्यसलाई यसको उपचार हुन्छ भन्ने थाहा छैन । जसलाई उपचार हुन्छ भन्ने थाहा छ त्यो नेपालमै हुन्छ भन्ने थाहा छैन ।
आफूले अहिले २९ वर्ष देखि ६५ वर्ष सम्मकाको सर्जरी गरेको बताए ।
बेरियाट्रिक सर्जरी कसरी गरिन्छ ?

डा साह भन्छन्, सबैले मोटापनाको अप्रेसन भनेको बोसो झिक्ने हो भन्ने गर्दछन् । ‘हामीले यो उपचार विधिमा एक ग्राम पनि बोसो निकाल्दैनौँ । बोसो निकाल्ने भनेको लाइपोसक्सन विधि हो । लाइपोसक्सन भनेको मोटोपना घटाउने अप्रेसनको पर्यायबाची होइन । त्यो भनेको छुट्टै किसिमको हो । यो बेरियाट्रिक सर्जरी भनेको लाइपोसक्सन होइन ।’
बेरियाट्रिक सर्जरी तीन किसिमको हुन्छ । एउटा रेस्टिक्टिभ भन्छौँ । त्यसमा हामी आमासयको केही भाग निकाल्छौँ अर्थात त्यसलाई सानो बनाई दिन्छौँ । थैली सानो बनाईदिएपछि त्यसले खाना कम खान्छ, भोक कम लाग्छ, वजन कम हुँदै जान्छ ।
अर्को मेटाबोलिक सर्जरी । त्यसमा आन्द्रा नै बाईपास गर्दिन्छौँ । खानेकुरा जहाँबाट पचाउँछौँ त्यहाँको भाग घटाईदिन्छौँ ।
तेस्रो भनेको यो दुईवटा मिश्रण । स्लिप ग्यास्ट्रेक्टोमी भन्छौँ ।
मुख्य त हामीले आन्द्रा वा आमासयमा नै अप्रेसन गर्ने हो । त्यहाँबाट विस्तारै वजन घटछ । अप्रेसन गरेको दिन देखि दुई वर्षसम्म वजन घटछ । मोटोपनाबाट आएको साइडइफेक्ट विस्तारै कम हुँदै जान्छ ।
ग्राण्डी अस्पतालमा यो बेरियाट्रिक सर्जरी सेवा सहज ढंगबाट भइरहेको समेत उनले बताए ।
सम्पर्क इमेल : [email protected]