चौबिस घण्टामा थप २३ जनामा कोरोना संक्रमण, २१५ संक्रमणमुक्त

काठमाडौँ, १३ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ सय १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल आज जारी गरेको बिबरण अनुसार ३ हजार ७ सय ८० पीसीआर नमुना परीक्षण गर्दा १५ र १ हजार ४ सय सय ४२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ८ गरी २३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। आइसीयूमा २३ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५८ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *