यी हुन् स्वास्थ्यको एघारौँ तहको लिखितमा नाम निकाल्ने चिकित्सक तथा नर्सहरु
यी पदहरुमा परेन कसैको आवेदन
काठमाडौँ, ९ चैत । लोक सेवा आयोगले स्वास्थ्य समूहको एघारौँ तहमा रिक्त रहेको विभिन्न पदहरुका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
प्रकाशित सूचना अनुसार कतिपयमा प्रयाप्त दरखास्त परे पनि कतिपयमा भने दरखास्त सून्य भएको देखिएको छ ।
यी हुन् लिखितमा नाम निकाल्नेहरु
आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नु पर्ने एक सिट रहेको कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदका लागि तीन जनाले लिखित परीक्षामा सहभागी भएका थिए । त्यसमध्येबाट डा भुपेन्द्रकुमार बस्नेत र सुरेश थापाले नाम निकालेका छन् ।
जनरल सर्जरी तर्फ प्रमुख कन्सलटेन्ट सर्जन पदमा चार जना लिखित परीक्षामा सहभागी भएपनि डा इन्द्रकुमार झाले मात्रै नाम निकालेका छन् । आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको सो पदमा पनि एउटा मात्रै रिक्त कोटा थियो ।
यस्तै एक सिट रहेको युरो सर्जरी उपसमूहको प्रमुख कन्सलटेन्ट युरो सर्जन पदमा दुई जना चिकित्सकले नाम निकालेका छन् । आन्तरिक प्रतिस्पर्धामार्फत नियुक्त गर्न खोजिएको यो पदका लागि डा अनिल श्रेष्ठ र डा प्रवोध रेग्मीले नाम निकालेका हुन् ।
यस्तै खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न खोजिएको ग्यास्ट्रोइन्टेरोलोजिकल सर्जरी उपसमूहको प्रमुख कन्सलटेन्ट सर्जिकल पदमा सात जनाले परीक्षा दिएपनि चार जनाको नाम निस्किएको छ । त्यसमा डा इन्द्रकुमार झा, डा टेकनारायण मण्डल, डा नरेन्द्र पण्डित र डा निराजन सुवेदी रहेका छन् ।
यस्तै एउटा सिट रहेको न्युरो सर्जरी तर्फको प्रमुख कन्सलटेन्ट न्यूरो सर्जन पदका लागि १५ जनाले सहभागीता जनाएका थिए । त्यसमध्ये तीन जनाले नाम निकालेका छन् । तिनिहरुमा डा नरेन्द्र सालिके, डा विनोद राजभण्डारी, डा सुमन फुयाल रहेका छन् ।
यस्तै आन्तरिक प्रतिस्पर्धा तर्फ एक सिट रहेको प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डा ऋषि विष्ट र डा बद्री रिजालको नाम निस्किएको छ ।
खुल्ला तर्फको एक सिट रहेको प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट पदमा १३ जनाले सहभागिता जनाएका थिए । त्यसमा तीन जनाको नाम निस्किएको छ । त्यसमा डा विकासराज थापा, डा मिलन सिलवाल, र डा विष्णु खतिवडा रहेका छन् ।
यसैगरी खुला तर्फ एक सिट रहेको प्रमुख कन्सलटेन्ट अप्थलमोलोजिष्ट पदका लागि १० जनाले परीक्षा दिएका थिए । त्यसमध्ये डा रोशनी अग्रवाल, डा शक्तिप्रसाद सुवेदी र डा सिमान्त खड्काले नाम निकालेका छन् ।
यस्तै आदिवासी जनजात कोटा तर्फ एक सिट रहेको प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा १३ जनाले परीक्षा दिएका थिए । तीमध्ये तीन जनाको नाम निस्केको छ । त्यसमा डा पुजन बल्ल, डा रविन बैद्य र डा शुभकल्याण श्रेष्ठ रहेका छन् ।
यस्तै आन्तरिक प्रतिस्पर्धा तर्फ एक सिट रहेको प्रमुख मेडिकल सुपरीटेन्डेन पदका लागि ती जनाले परीक्षा दिएका थिए । त्यसमध्ये डा विश्वबन्धु बगालेको मात्रै नाम निस्केको छ ।
यस्तै आन्तरिक प्रतिस्पर्धा तर्फबाट पदपूर्ति गर्नुपर्ने एक सिट रहेको प्रमुख कन्सलेन्ट प्याथोलोजिष्ट पदमा डा करिश्मा मल्ल बैद्यको मात्रै नाम निस्किएको छ । यसैगरी रिक्त रहेको एक सिटमा आन्तरिक प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्नुपर्ने प्रमुख अस्पताल नर्सिङ प्रशासक पदमा बन्दना थापाको मात्रै नाम निस्केको छ ।
यस्तै रिक्त रहेको एक सिटमा आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नुपर्ने प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा आशा थापा, डा प्रकाश बुढाथोकी र डा बन्दना खनाल आचार्यले नाम निकालेका छन् ।
यी हुन् अन्तरवार्ताका लागि खाली भएका पदहरु
आयोगका अनुसार आन्तरिक प्रतिस्पर्धामार्फत नियुक्त गर्न खोजिएको प्रमुख कन्सलटेन्ट चेष्ट फिजिसियन पदका लागि एक जना परीक्षामा सहभागी भएपनि अन्तरवार्ताका लागि नाम निकाल्न सफल भएनन् ।
यस्तै रिक्त रहेको एक पदमा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिको प्रयास भएपनि प्रमुख कन्सलटेन्ट अंकोलोजिष्ट पदमा कसैको निवेदन परेन । तसर्थ सो पद पनि खाली रहयो ।
यसैगरी आन्तरिक प्रतिस्पर्धामार्फत नियुक्तिका लागि प्रक्रिया अघि बढाएपनि कन्सलटेन्ट न्युरो सर्जन पदका लागि कसैको आवेदन परेन र सो पद खाली रहेको छ ।
यस्तै आन्तरिक प्रतिस्पर्धाबाट रिक्त एक सिटका लागि पदपूर्तिका लागि आवेदन माग गरे पनि प्रमुख कन्सलटेन्ट अप्थल्मोलोजिष्ट पदमा कसैको निवेदन परेन र सो पद पनि रिक्त रहयो ।
यसैगरी आन्तरिक प्रतिस्पर्धा तर्फ एक सिट रहेको प्रमुख कन्सलटेन्ट इएनटी सर्जन, प्रमुख कन्सलटैन्ट एनेस्थेसियोलोजिष्ट पदमा पनि कसैको आवेदन नपर्दा ती पदहरु फेरी पनि खाली भएका छन् ।
सम्पर्क इमेल : [email protected]