चौबिस घण्टामा थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

काठमाडौँ, ६ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३ सय ८२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार २ हजार ७ सय ९८ पीसीआर नमुना परीक्षण गर्दा २८ र १ हजार २ सय ६३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ गरी ३७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ सय रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २ सय भन्दा बढी उपचारार्थ सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ, ललितपुर, चितवन र बाँके रहेका छन् । मनाङ , रुकुमपूर्व, जुम्ला र बाजुरा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *