चौबिस घण्टामा ६१७५ नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण

88
Shares

काठमाडौँ, २ चैत । पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार १ सय ७५ नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २ सय १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ४ हजार ७ सय ९० पीसीआर नमुना परीक्षण गर्दा ४१ र १ हजार ३ सय ८५ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४१ गरी ८२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ७४ सय रहेको छ । आइसीयूमा ३१ र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *