तपाईँको सुताई कस्तो छ ?

बत्ति ननिभाई सुत्ने बानीले पनि मुटु र मधुमेहको जोखिम बढाउँछ : अध्ययन्

एजेन्सी । नसर्ने रोगको जोखिम बढाउने एउटा कारण सुत्ने कोठाको बाताबरणले पनि निर्धारण गर्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘यदि राती सुत्ने बेलामा तपाईंले बत्ति निभाउनु भएन वा पर्दा नतानी सुत्ने कोठा उज्यालो राख्नु भयो भने त्यसले तपाईँमा मुटु रोग र मधुमेहको जोखिम बढाउँछ । त्यसैले यदि तपाईं मधुमेह र मुटु सम्वन्धी रोगबाट जोगिन चाहनुहुन्छ भने सुत्नु अघि बत्ती निभाउनुहोस् र पर्दा तान्नुहोस् ।’

कसरी बढाउँछ जोखिम ?
आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै इलोनोइस स्थित नर्थ वेस्टर्न युनिभर्सिटीका अनुसन्धानकर्ताहरु भन्छन्, ‘यदि तपाईं राती सुतेका बेलामा समेत कोठामा उज्यालो कायम भयो भने तपाईँ निदाएकै बेलामा पनि मुटुको गति दिउसोको समयमा जत्तिकै धड्किन सक्छ । जवकी निदाएको बेलामा मुटुले पनि आराम पाउनु पर्ने हो । र,  यसको असर भोलिपल्ट विहान शरीरले निकाल्ने इन्सुलिनमा समेत देखिन सक्छ ।

शरीर सुतेका बेलामा भित्रका महत्वपूर्ण अंगले पनि आराम पाउनु पर्छ तर उज्यालोले त्यस विपरित असर गर्दछ । त्यसैले जोखिम बढाउँछ ।

उनीहरुले २० जना बयस्क व्यक्तिमा गरिएको एक प्रयोगबाट शरीरलाई हानिकारक प्रभावको अनुभव गर्न मध्यम प्रकाशको जोखिम एक रातमै प्रयाप्त भएको देखाएको समेत बताएका छन् ।

अनुसन्धान प्रतिवेदनमा उनीहरुले मानिसहरुले आफ्नो सुत्ने कोठाको प्रकाशको बारेमा पुर्नबिचार गर्न आग्रह गरेका छन् ।

अनुसन्धानको नेतृत्व गरेकी डा फिलिस जी भन्छिन्, ‘यदि तपाईँहरुले यो सबै चिजहरु साँच्चै राम्रोसंग हेर्नसक्नु भयो भने जीवनलाई स्वस्थ र सरलसंग अघि बढाउन सकिन्छ ।’ उनले थपेकी छन्, ‘यदि कोही बृद्ध व्यक्तिमा राती हिडडुल गर्न उज्यालो चाहिन्छ भने भुईमा मधुरो प्रकाश राख्नु उत्तम हुन्छ ।’

उनले तपाईँको नियमित रुपमा खराब सुताई भयो भने त्यसले मोटोपना र डिप्रेसन सहित अन्य स्वास्थ्य समस्या बढाउने समेत चेतावनी दिएकी छन् ।

यो अनुसन्धान प्रतिवेदन पीएनएएस नामक जर्नलमा प्रकाशित भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *