बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठको काज फिर्ता

कान्तिमा तुईतुई, वीरमा थापा
4.9k
Shares

काठमाडौं २९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशानलय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठको काज फिर्ता गरेको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीयण निर्णय गर्दै श्रेष्ठको काज फिर्ता गरेका हुन् । काज फिर्ता पछि उनी आफ्नै दरबन्दी भएको ठाँउ स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशमा फर्कनु पर्नेछ ।

उनलाई गत ३२ साउनमा तत्कालिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य मन्त्रालयको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेका थिए । त्यसबेला स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्रमुख रहेका श्रेष्ठलाई काजमा मन्त्रालय ल्याइएको थियो ।

बीचमा मन्त्री फेरिएपछि उनको जिम्मेवारी पनि फेरिएको थियो । तर स्वास्थ्य मन्त्री विरोध खतिवडाले उनलाई गत १० कात्तिकमा काजमै बागमतीको स्वास्थ्य निर्देशक बनाएर पठाएका थिए ।

श्रेष्ठको काज फिर्ता गरे पनि बागमतीमा भने अहिले कोही नपठाइएको मन्त्रालय स्रोतले बतायो ।

रोशनी तुईतुई कान्तिमा

यता वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक रोशनी तुईतुई कान्ति अस्पतालमा सरुवा भएको छ । कान्तिमा रहेकी बन्दना थापाको वीरमा सरुवा भएको मन्त्रालय स्रोतले बतायो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *