चौबिस घण्टामा थपिए ११२ जना कोरोना संक्रमित

काठमाडौँ, २६ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४२९ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ६ हजार ८०१ पीसीआर नमुना परीक्षण गर्दा ७७ र २ हजार ५२७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३५ गरी आज कुल ९ हजार ३२८ परीक्षण हुँदा ११२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० सय रहेको छ । आइसीयूमा ३४ र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *