चौबिस घण्टामा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ संक्रमणमुक्त
काठमाडौँ, २४ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३४८ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ६ हजार ३९४ जनाको नमुना परीक्षण भएकोमा ९४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ सय रहेको छ । आइसीयूमा ४२ र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]