साँफेबगर नगरपालिकामा सार्वजनिक सेवा लिनका लागि स्वास्थ्य बीमा अनिवार्य

अछाम, २ फागुन । साँफेबगर नगरपालिकाले नगरवासी, जनप्रतिनिधि र कर्मचारीलाई सार्वजनिक सेवा लिनका लागि स्वास्थ्य वीमा गर्नैपर्ने निर्णय गरेको छ । गत २७ माघमा बसेको नवौ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नगरवासीलाई सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्य रुपमा कर तथा राजश्व चुक्ता गरेको कागजातका साथै अनिवार्य रुपमा स्वास्थ्य बीमा गरेको कागजात पेश गर्नुपर्ने निर्णय गरेको हो । यस्तै जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा १५ फागुन भित्र गर्नै पर्ने भएको छ ।

यदि सो समय भित्र वीमा नगरेमा तलव भत्ता तथा सेवा सुविधा रोकिन सक्ने समेत जारी विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *