नेकपा एस निकट निजामती कर्मचारी युनियनको स्वास्थ्य विभागीय कार्यसमिति पुर्नगठन

काठमाडौं, ५ पुस । एकीकृत नेकपा समाजवादी निकट नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य विभागीय कार्य समिति पुनर्गठन भएको छ । सोमबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित भेलाले समिति पुर्नगठन गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा भएको उक्त भेलाले राजकुमार पोखरेललाई अध्यक्ष, चित्राकुमारी तिवारीलाई महिला उपाध्यक्ष, धनवहादुर सुनारलाई उपाध्यक्ष, सरोज अधिकारीलाई सचिव, कृष्णप्रसाद घिमिरेलाई सहसचिव र रामप्रसाद जैसीलाई कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै सदस्यहरुमा अगरबहादुर रोकाया, हिमांशुकुमार मिश्रा, सुरेन्द्र ठाकुर, सरिता ढकाल, देवका बस्नेत, सन्तोष सुवेदी, वविता शर्मा, उर्मिला कार्की, सञ्जीव ठाकुर, निलु धामी, सुमन झा, केशव काफ्ले र रुपमा राना निर्वाचित भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *