पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौँ, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री आले कोरोना संक्रमित भएपछि उनको सम्पर्कमा आएकालाई सर्तकता अपनाउन उनको सचिवालयले आग्रह गरेको छ ।

साथै, उनका स्वकीय सचिव हेमन्त रेग्मी पनि संक्रमित भएका छन् । दुबैलाई सामान्य लक्षण मात्र देखिएको छ। अरु स्वास्थ्य अबस्था सामान्य रहेको स्वकीय सचिव रेग्मी जानकारी गराए ।

कोरोना संक्रमण भएपछि मन्त्री आलेले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित  गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *