चौबिस घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३० पुस । पछिल्लो चौबिस घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ३०६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी २० हजार ५६० वटा नमुना परीक्षण गर्दा ५ हजार ८७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ९ सय १३, भक्तपुरमा ३ सय १७ र ललितपुरमा ३ सय ७७ जना गरी काठमाडौँ उपत्यकामा २ हजार ६ सय ७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८ सय ४४ र होम आइसोलेसनमा १७ हजार २ सय ९१ जना रहेका छन् ।

त्यस्तै आइसीयूमा १ सय ११ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *