डा. प्रकाश बुढाथोकी एघारौँ तहमा बढुवा सिफारिस

416
Shares

काठमाडौँ, ३० पुस । डेन्टल सर्जन डाक्टर प्रकाश बुढाथोकी एघारौ तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

विहीबार बसेको स्वास्थ्य मन्त्रालयको बढुवा समितिको बैठकले डा बुढाथोकीलाई प्रम्ख कन्सलटेन्ट डेन्टल सर्जन पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

डा बुढाथोकी अहिले स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा अन्तरगर्तको आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख छन् ।

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले गरेका बढुवामा समेत गडबड भएको समाचार बाहिरिईरहँदा डा बुढाथोकीले भने आफ्नो सिफारिस जायज भएको बताए ।

‘म दशौँ तहमा बढुवा भएको ६ वर्ष पुगिसक्यो । फेरी उपत्यका बाहिर पनि काम गरेको छु,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *