नुवाकोटमा वेवारिसे अवस्थामा डाक्टरको शव फेला

काठमाडौं, २९ पुस । नुवाकोटमा आज विहान एक डाक्टर मृत अवस्थामा भेटिएका छन् । २६ वर्षीय डेन्टल डाक्टर शशांक पाण्डे ढुंगे भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन ।

उनी नुवाकोटकै सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत रहेको बुझिएको छ ।

‘सडक छेउमा वेवारिसे अवस्थामा सब भेटिएको छ । मोटरसाइकल नजिकै लडेको अवस्थामा छ । गाडीले ठक्कर दिएको हो कि ? आफै लडेर यस्तो भएको हो । केही थाहा भएको छैन,’ । त्रिशुली अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले भने ।

मृतक डाक्टर पाण्डे नुवाकोटकै स्थानीय हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *