स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै

काठमाडौँ, २७ पुस । नेपालमा कोरोना संक्रमण बढेसँगै स्मार्ट लकडाउनको बारेमा छलफल गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

मंगलबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे  भर्चुअल छलफल गर्न लागेका हुन् ।

अधिकारीहरुको बैठकले पछिल्लो समय उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिने भएको छ ।

सोमबार गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दाबढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, कुनै पनि सभा, भेला, जुलसु लगायतका भिडभाड हुने कार्य रोक्न पनि निर्देशन दिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *