काठमाडौँ र ललितपुरका बालबालिकालाई भोलि देखि फाइजर खोप दिईदै

काठमाडौँ, २६ पुस । स्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरले जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार) देखि कोभिडविरुद्धको खोप फाइजर दिने भएको छ ।   स्वास्थ्य कार्यालयहरुले स्थानीय पालिकाहरुसंग समन्वयमा भोलि देखि फाइजर खोप दिने निर्णय गरेको हो । यो खोप अभियान एक सातासम्म चल्ने बताइएको छ ।

बालबालिकाहरुलाई खोप दिनका लागि पालिकाहरुले स्कुल स्कुलमा खोप केन्द्र तोक्ने र नजिकको केन्द्रमा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले भने । उनले खोप लिनका लागि परिचय पत्र लिएर जान सक्ने उनले सुनाए ।

उनले खोप केन्द्र र खोप लगाउने तालिका स्थानीय पालिकाले तोक्ने समेत जानकारी दिए ।

उपत्यकाको अर्को जिल्ला भक्तपुरमा भने सोही उमेर समूहका बालबालिकाहरुलाई गत शुक्रबार देखि नै मोडर्ना खोप दिईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *