कोरोना प्रेस ब्रिफिङ अब सातामा दुई पटक

220
Shares

काठमाडौँ, २५ पुस । कोरोना संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालले साप्ताहिक रुपमा गर्दै आएको कोरोना प्रेस ब्रिफिङ अब सातामा दुई दिन गर्ने भएको छ । संक्रमण घटदा यसअघि मन्त्रालयले साताको एक दिन बुधबार मात्रै ब्रिफिङ गर्दै आइरहेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज देखि आइतबार र बुधबार गरी सातामा दुई दिन  प्रेस ब्रिफिङ  गर्न सुरु गरिएको बताए  । उनले अरु बार भने भाइवर ग्रुपबाट दैनिक अपडेट जारी राख्ने जानकारी दिए ।

नेपाल टेलिभिजन र स्वास्थ्य मन्त्रालयको फेसबुकपेजबाट दिईने कोरोना ब्रिफिङमा प्रवक्ता तथा सहप्रवक्ता र विज्ञहरुले जानकारी दिदै आएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *