उपचार सेवा र क्षमता बढाउँदै ईशान बाल तथा महिला अस्पताल

टोखा – ५ श्रीटोलमा बनेको ईशान अस्पतालको नयाँ भवन

काठमाडौँ, २४ पुस । बालबालिका तथा महिलाहरुको उपचारमा छुट्टै पहिचान बनाएको बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिले उपचार सेवा र क्षमतालाई विस्तार गर्ने भएको छ ।

शनिबार सम्पन्न अस्पतालको २६ औँ बार्षिक साधारण सभामा अस्पतालका अध्यक्ष जन थापाले अस्पतालको सेवा र क्षमता थप विस्तार गर्ने बताएकी छन् ।

‘ईशानको अहिले पनि छुट्टै पहिचान छ तर समयानुकुल यसको सेवा र क्षमता विस्तार गर्नुपर्ने छ । त्यसमा हामी लागि सकेका छौँ,’ उनले भनिन् ।

‘विसं २०५२ सालमा नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा ईशान स्थापना भएको हो । त्यसबेला ईशान बाल नर्सिङ होम प्रालिको नाममा दर्ता भएका थियौँ र हामीले १५ बेडको स्वीकृति पाएका थियौँ । तर अहिले ५० वेडमा सञ्चालनमा छौँ । एक सय बेडको स्वीकृति लिने तरखरमा छौँ,’ अस्पतालका निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले भने ।

ईशानले अहिलेसम्म बसुन्धरा चोकमा रहेको एउटा भाडाको घरबाट उपचार सेवा सञ्चालन गरिरहेको छ । तर अब छिट्टै उ आफ्नै भवनमा सर्ने तरखरमा देखिएको छ ।

‘अहिले भएको ठाँउबाट करीव २५० मिटर पछाडी टोखा ५ श्रीटोलमा बेसमेन्टसहित ८ तल्ले अत्याधुनिक भवनको तयार हुँदैछ । अन्तिम चरणको काम हुँदैछ केही महिना भित्र त्यहाँबाट सेवा उपलव्ध गराउँनेछौँ,’ डा चौधरीले भने ।

अस्पतालले अहिले पनि २४ घण्टा नै एमडी पेडियाट्रिक्सबाट आकस्मिक सेवा र महिला तथा प्रसूतिसम्वन्धी आकस्मिक सेवा दिईरहेको छ । एम्बुलेन्स, प्याथोलोजी, एक्सरे, फार्मेसी, सेवा पनि उपलव्ध भईरहेको डा चौधरीले बताए ।

उनले पेडियाट्रिक र एडल्टको ल्याप्रोस्कोपिक सर्जरी सेवा थपिएको, अब स्त्री तथा प्रसूति विभाग तर्फ पनि ल्याप्रोस्कोपी सेवा छिटै थपिने बताए । बाल तथा महिला बाहेक सबै उमेर समूहका लागि जीआई सर्जरी , हाडजोर्नी, दन्त सेवा , छाला तथा यौनरोग, नाक कान घाटी उपचार सेवा चलिरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *