जनस्वास्थ्य संघको निर्वाचन आज, नयाँ कार्यसमिति छनौट हुँदै

टेकुस्थित स्वास्थ्य तालिम केन्द्र भवन मतदान स्थलको चहलपहल, फोटो : कमल रानाभाट

काठमाडौँ, २४ पुस । नयाँ कार्यसमिति चयन गर्न नेपाल जनस्वास्थ्य संघको केन्द्रीय कार्य समितिको मतदान सुरु भएको छ । आज विहान ९ बजे देखि मतदान सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चल्ने छ ।

मतदान सकिएपछि आजै बेलुकाबाट मतगणना हुने निर्वाचन संयोजक रमेशप्रसाद अधिकारीले बताए ।

अध्यक्ष उपाध्यक्ष सहित १५ सदस्यीय कार्यसमितिका लागि यसपटक ३५ जनाले उम्मेद्धारी दिएका छन् । निर्वाचन समितिका अनुसार पदाधिकारीका अध्यक्ष पदमा तीन जना, सहकोषाध्यक्षमा तीन जनाको उम्मेद्धारी परेको भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई दुई जनाको उम्मेद्धारी परेको छ ।

सदस्य तर्फ समावेशीमा सात जना र १४ जनाको उम्मेद्धारी परेको छ ।

कुल १ हजार ७१८ मतदाता रहेको संघको निर्वाचनका लागि समितिले सात प्रदेशमा एक एक वटा र काठमाडौँ उपत्यकामा एक वटा गरी कुल आठ वटा मतदान केन्द्र तोकेको छ ।

एमाले र माओवादी संयुक्त प्यानल, काग्रेस निकटको एकल

स्वास्थ्यका अन्य संगठनमा जस्तै जनस्वास्थ्य संघको निर्वाचनमा पनि राजनीतिक ध्रुविकरण सतहमा आएको छ । यसपटक एमाले र माओवादी निकट संगठनले संयुक्त गठवन्धन बनाएर संघको निर्वाचनमा उम्मेद्धारी दिएका छन् । अर्को प्यानल कांग्रेस निकटहरुको रहेको बताइएको छ ।

यी हुन् उम्मेद्धारहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *