कोभिडविरुद्धको खोपको अतिरिक्त डोज दिने निर्णय २४ घण्टा नपुग्दै खारेज

काठमाडौँ, २० पुस ।  सरकारले ६० वर्ष माथिका जेष्ठ नागरिक तथा गम्भीर विरामीहरुका लागि दिने भनेको कोभिडविरुद्धको अतिरिक्त डोज खोप दिने निर्णय चौविस घण्टा नवित्दै खारेज गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ‘भेरोसेल’ खोपको पूर्ण मात्रा लगाएको तीन महिना पुगेका नागरिकलाई थप एक मात्रा खोप दिईने भन्दै खोप काड सहित खोप केन्द्रमा उपस्थित हुन आग्रह गरेको थियो ।

उसले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, संक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपणमा गरेका विरामीहरु, एचआईभी भएका विरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका विरामीहरुले पनि थप मात्रा खोप पाउने बताएको थियो । सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौँ तथा ललितपुरले बुधबार देखि औपचारिक रुपमा अतिरिक्त डोज खोप दिने तयारी गरेका थिए ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले मंगलबार अपरान्ह विज्ञप्ती जारी गर्दै अतिरिक्त डोज खोप दिने निर्णय स्थगित भएको बताएकी छन् । उनीद्धारा जारी विज्ञप्तीमा सबै नागरिकलाई कोभिडविरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक भएकोले हाललाई सो कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले अहिले अतिरिक्त डोज दिने भन्दा महत्वपूर्ण नपाएकाहरुलाई दिनु रहेको भन्दै सरकारले त्यसदिसामा जाने गरी निर्णय लिएको बताए । उनले एक दिन अघि अतिरिक्त खोप दिने निर्णयमा विभागसंग समन्वयको अभावमा त्रुटी भएको स्वीकारे ।

‘अहिले हामीले ३५ लाख बढी खोप लगाएको तर त्यसको रिपोटिङ भएको रहेनछ । त्यसको खोजि गर्दैछौँ । र अबको दश दिन प्रति दिन ५ लाखको दरले खोप लगाउने योजना सञ्चालन गर्दैछौँ । माघ लागेपछि अतिरिक्त डोजको काम होला,’ उनले भने ।

सरकारले पुस मसान्त भित्र ६६ प्रतिशत जनतालाई पूर्ण खोप दिने लक्ष्य लिएको छ । तर अहिलेसम्म लक्ष्य पुरा हुने छाटकाट देखिएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *