अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक सहभागिता गराउने प्रतिवद्धता

काठमाडौँ, १५ पुस । विभिन्न राजनीतिक दलका नेताहरुले अपांङ्ता भएका व्यक्तिहरुलाई राजनीतिक सहभागिता गराउने प्रतिवद्धता जनाएका छन् ।

नेत्रहिन युवा संघ नेपालले बुधबार आयोजना गरेको अपांङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका अपांङ्गता भएका व्यक्तिहरुलाई राजनीतिको मुलधारमा अपेक्षाकृत समेटिन नसकेको भन्दै अवका दिनमा ती कमजोरीहरुलाई सच्याउने बताए ।
उनले पार्टीमा नयाँ नियमावली बन्ने चरणमा रहेको भन्दै त्यसमा अपाङ्गता र अल्पसंख्यक व्यक्तिहरुलाई विशेषाधिकार सहितको व्यवस्था गर्ने बताए । उनले आफ्नो पार्टी समावेशी समानुपातिक प्रणाली अनुसार सञ्चालन भइरहेको भन्दै आवश्यकता अनुसार नीति नियमहरुलाई थप संसोधन गरेर अघि बढ्ने दिशामा आफूहरु सदै सकारात्मक रहेको बताए ।

नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक पहुँचका लागि आफ्नो पार्टी सधै सकारात्मक रहेको भन्दै त्यसलाई व्यवहारिक कार्यान्वयन गर्न मात्रै केही कमजोरी रहेको बताए । उनले भर्खरै सम्पन्न महाधिवेशनबाट आफ्नो पार्टीमा केन्द्रीय सदस्य पदमा अपांगता भएका व्यक्तिहरु निर्वाचित भएर आएको भन्दै पार्टीका बैठकमा प्रभावकारी हस्तक्षेप हुनसक्ने बताए ।

जनता समाजबादीका केन्द्रीय सदस्य निर्मला यादवले आफ्नो पार्टीले अपाङ्गता भएका व्यक्तिलाई राजनीतिको मुलधारमा ल्याउनका लागि आवश्यक नीति संसोधन गर्न सक्ने बताइन । उनले संविधानमा समेत केही त्रुटी भएका कारण अपांङ्गता भएका व्यक्तिको अधिकार राजनीतिक हक अधिकार समेट्न नसकेको भन्दै त्यसमा पनि संसोधन गर्नुपर्ने बताइन ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आफ्नो पार्टीको नीति समतामूलक समृद्धि रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ समेटेको दावी गरे । उनले आफ्नो कार्यालय अपांगमैत्री बनाइएको भन्दै नेतृत्व तहमा समेत अपाङ्गताको प्रतिनिधित्व भएको बताए । उनले पार्टीलाई थप समावेशी बनाउनका लागि आफूहरु सधै लचिलो रहेको समेत दावी गरे ।

कार्यक्रममा नेकपा समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, जसपाका प्रकाश अधिकारीले बोलेका थिए ।

त्यसअघि नेत्रहिन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिताका विषयमा प्रस्तुति राखेका थिए । उनले संविधान, दलहरुका दस्तावेजमा अपाङ्गता शव्द राखिएपनि त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा नल्याईएको बताए । उनले अपाङ्गता अधिकार ऐन बनेको, दलहरुले जनवर्गीय संगठन पनि खोलेको भएपनि नेतृत्व तहमा पुग्नबाट बन्चित हुँदै आएको बताए ।

नेत्रहिन युवा संघका महासचिव रामचन्द्र गैरेले विसं २०६८ को जनगणनाले देशमा ५ लाख बढी अपांगता भएका व्यक्तिहरु रहेको बताउँदै यति ठूलो संख्याको प्रतिनिधित्व हुने गरी राजनीतिक बृद्धमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता नहुनु दुखद पक्ष रहेको बताए । उनले त्यहि विषयलाई ध्यानाकर्षण गराउन विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर ध्यानाकर्षण गराइएको बताए ।

कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले दलका नेताहरुलाई आफूहरु जस्ता व्यक्तिलाई पार्टीमा सहभागिता गराउन किन आनाकानी गरेको भन्दै प्रश्न गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *