निजी मेडिकल कलेज र अस्पतालहरुले पनि कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौँ, १२ पुस । सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरुले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरुले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासंग समन्वय गरेर अघि बढ्न सक्ने बताएको छ ।

मन्त्रालयले त्यस्ता मेडिकल कलेज तथा अस्पतालहरुले १८ वर्ष माथिका नेपाली नागरिकलाई खोप उपलव्ध गराउन पाउने र खोपको उपलव्धताको आधारमा विहान ९ देखि अपरान्ह ५ बजेसम्म खोप लगाउन सक्ने बताएको छ ।

अहिलेसम्म कोभिडविरुद्धको खोप लगाउनका लागि अधिकांश केन्द्रहरु प्राय जसो सरकारी मेडिकल कलेज, प्रतिष्ठान र सरकारी अस्पतालहरुमा तोकिएको छ ।

हेर्नुहोस विज्ञप्ती

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *