नर्सिङका विद्यार्थीको पोषणसम्वन्धी प्रदर्शनी (फोटो फिचर)

काठमाडौं, १२ पुस । नेपाल मेडिकल कलेजमा वीएस्सी नर्सिङ दोस्रो वर्षका नर्सहरुले पोषण सम्वन्धी प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा गर्भवती भएका बेलामा महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहार के कति मात्रामा आवश्यक पर्छ भन्ने जानकारी दिनका लागि पोषण प्रदर्शनी गरेका हुन् ।

अस्पताल परिसरमा राखिएको उक्त प्रदर्शनी स्थलमा भिटामिन, मिनरल्स, आइरन लगायत तत्व प्राप्त हुने खानाको स्रोतहरु राखिएको छ ।

प्रदर्शनी स्थलमा अवलोकनका लागि जानेहरुलाई विद्यार्थीहरुले पौष्टिक आहार के के मा पाइन्छ ? किन चाहिन्छ भन्नेबारेमा विस्तृत जानकारी दिने गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *