नर्सिङका विद्यार्थीको पोषणसम्वन्धी प्रदर्शनी (फोटो फिचर)
काठमाडौं, १२ पुस । नेपाल मेडिकल कलेजमा वीएस्सी नर्सिङ दोस्रो वर्षका नर्सहरुले पोषण सम्वन्धी प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा गर्भवती भएका बेलामा महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहार के कति मात्रामा आवश्यक पर्छ भन्ने जानकारी दिनका लागि पोषण प्रदर्शनी गरेका हुन् ।
अस्पताल परिसरमा राखिएको उक्त प्रदर्शनी स्थलमा भिटामिन, मिनरल्स, आइरन लगायत तत्व प्राप्त हुने खानाको स्रोतहरु राखिएको छ ।
प्रदर्शनी स्थलमा अवलोकनका लागि जानेहरुलाई विद्यार्थीहरुले पौष्टिक आहार के के मा पाइन्छ ? किन चाहिन्छ भन्नेबारेमा विस्तृत जानकारी दिने गरेका छन् ।



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



