हेल्थ असिस्टेन्ट पुष्कर नेपाल बर्खास्त

काठमाडौँ, ९ पुस ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिणकाली स्वास्थ्य चौकी काठमाडौँमा कार्यरत हेल्थ असिस्टेन्ट (पदनाम) अधिकृत छैटौ तहका पुष्कर नेपाललाई सेवाबाट हटाएको छ ।

लोकसेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको गत २७ मंसिरमा प्राप्त परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०७३ को दफा ७४ को उपदफा १ को खण्ड ज बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड –ख) को १ बमोजिम सेवाबाट हटाएको हो ।

मन्त्रालयले भविस्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी २०७४ साउन १ देखि लागू हुने गरी सेवाबाट हटाइएको समेत स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *