नेपाली चिकित्सक डा. प्रज्वल पौड्याललाई यूरोलोजी अफ इन्डियाको ‘पीजी ट्राभल फेलोसिप अवार्ड’

काठमाडौँ, ८ पुस । भारतमै प्रसिद्ध मानिने नर्थ जोन च्याप्टर अफ यूरोलोजी सोसाइटी अफ इन्डिया (एनजेडयुएसआई)को पीजी ट्राभल फेलोसिप २०२१ अवार्ड नेपाली चिकित्सक डा प्रज्वल पौड्यालले जितेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा गत १७ देखि १९ डिसेम्बर सम्म चलेको एनजेडयुएसआईको ३१ औँ सम्मेलनमा सहभागी हुन पुगेका डा पौड्याललाई सो अवार्डद्धारा सम्मान गरिएको हो ।

उनलाई एनजेडयुएसआईका प्रेसिडेन्ट तथा राजिव गान्धी क्यान्सर इन्स्टिच्युटका युरोलोजी विभाग प्रमुख डा सुधिर रावलले अवार्ड प्रदान गरेका थिए ।

डा. प्रज्वल पौड्याल

उनी पोष्ट ग्राजुएट्स इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआईएमईआर) चण्डीगढबाट युरोलोजीमा एमसीएच गरेका दोस्रो नेपाली चिकित्सक हुन् ।

यसअघि नेपालका बरिष्ठ चिकित्सक डा असर्फी साहले त्यस कलेजबाट युरोलोजीमा एमसीएच गरेका थिए ।

डा पौड्यालले युरोलोजी सोसाइटी अफ इन्डियाले कुनै पनि नेपालीलाई यस्तो अवार्ड प्रदान गरेको पहिलो पटक भएको बताए ।

सो अवार्डका लागि भारतका चर्चित मेडिकल कलेज तथा हस्पिटलका युरोलोजिष्टहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

नर्थ जोन च्याप्टर अफ यूरोलोजी सोसाइटी अफ इन्डिया (एनजेडयुएसआई)मा जम्मु कस्मिर, पञ्जाव, हिमाञ्चल प्रदेश, हरियाणा, चण्डिगढ, दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड र राजस्थान पर्दछन् । सम्मेलनमा त्यस क्षेत्रका इन्स्टिच्युट तथा कलेजका युरोलोजिष्टहरुको सहभागिता थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *