भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

काठमाडौँ, ७ पुस । भारतमा पछिल्लो समय ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या बढिरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २१३ जनामा संक्रमण पुष्टि भएको छ ।

ओमिक्रोन भेरियन्टको सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ जना रहेका छन् ।  महाराष्ट्रमा ५४ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ।

बुधबार कोरोना भाइरसका ६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यसका कारण ३१८ जनाको मृत्यु भएको छ। पछिल्लो चौबिस घण्टामा ६ हजार ९०६ संक्रमित संक्रमणमुक्त भएका छन्।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ७८ हजार १९० रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *