आगामी तीन दिनको मौमस पूर्वानुमान कस्तो छ ? थाहा पाउनुहोस्

काठमाडौँ, ७ पुस ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विहान ६ बजे जारी गरेको विवरण अनुसार
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसुकुहिरो रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष ७ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती – देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ पौष ८ गते (बिहीबार)

दिउँसो – देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ ।

राती- देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरुका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

२०७८ पौष ९ गते (शुक्रबार)

दिउँसो – पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

राती – पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध छ।

( #मौसमले पनि स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने र यसमा आम मानिसको दैनिकीसंग जोडिने विषय भएकोले हामीले यो जानकारी प्रस्तुत गर्न सुरु गरेका हौँ ।)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *