डा. नूतन शर्माको पूर्णकालीन सेवा अब नर्भिकमा

– डा. नुतन शर्मा

काठमाडौं, ६ पुस । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्ट ट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् ।

करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् ।

अल्का अस्पतालमा आफ्नै फर्टिलिटि सेन्टर समेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन् ।

काठमाण्डौैको थापाथलीस्थित नर्भिक अस्पतालमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरु गरेको जानकारी दिइन । अल्काको आइभिएफ सेन्टर समेत डा. शर्माले नै सुरु गरेकी थिइन् ।

स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा आवद्ध भएको डा. शर्माले बताइन् ।

अल्कामा करिब १५ बर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन् ।

नर्भिक आइभिएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्टट्युब बेवी सेवा संचालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाई छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *