स्वास्थ्यकर्मीको स्तरबृद्धि तत्कालका लागि स्वास्थ्य सेवा विभागबाटै

काठमाडौँ, ४ पुस । स्वास्थ्य तर्फका चौथो देखि छैटौंं तहसम्मका कर्मचारीको स्तरबृद्धि तत्काल स्वास्थ्य सेवा विभागबाटै हुने भएको छ । यसअघि विभागले संघीय निजामती ऐनमा भएको व्यवस्था अनुरुप चौथो देखि छैटौँ तहसम्मको स्तरबृद्धि गर्ने जिम्मा प्रदेश तहलाई दिने प्रस्ताव अघि सारेको थियो ।

तर, मन्त्रालयमा गत साता बसेको नीतिगत बैठकले तत्कालका लागि विभागले नै स्तरबृद्धिको काम अघि बढाउने निर्णय भएको थियो ।

‘संघीय निजामती ऐन पूर्ण कार्यान्वयन आइसकेको अवस्था छैन् । अहिले नै प्रदेशलाई दिदा पनि झन्झट हुन्छ । त्यसैले अर्को व्यवस्था नहुँदासम्म विभागले नै यो काम गर्ने भन्ने निर्णय भएको छ,’ मन्त्रालयका नीति योजना महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले भने ।

उनले अगाडी थपे, ‘यसपटक स्तरबृद्धिको जिम्मा प्रदेशलाई दिने भन्ने पनि छलफल भएको थियो तर अहिले नै त्यहाँ दिदा झन् समस्या हुने देखियो र विभागलाई नै काम गर्न भनियो ।’

स्वास्थ्य सेवा ऐनले बर्षको दुईपटक पुस र असारमा कर्मचारीहरुको स्तरबृद्धि गर्ने प्रावधान राखेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *