स्टार हस्पिटलमा एक महिनासम्म पेट तथा कलेजो रोग सम्वन्धि निशुल्क ओपीडी

ललितपुर, २ पुस । स्टार हस्पिटलमा एक महिनासम्म पेट तथा कलेजो रोगका विरामीहरुले निशुल्क ओपीडी सेवा लिन पाउने भएका छन् ।

हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न पेट तथा कलेजो रोग विभाग सञ्चालनमा ल्याएको अवसर पारी १ पुस देखि १ माघ सम्म निशुल्क ओपिडी सेवा दिने भएको हो ।

हस्पिटलका अनुसार यस अवधी भित्र उपचारका लागि पेट रोगका विरामीहरुले पुस महिनाभर निशुल्क ओपिडी सेवा प्राप्त गर्नुका साथै पेट रोग सम्वन्धी अन्य परीक्षण शल्यक्रिया लगायतका सेवाहरुमा आकर्षण छुट सुविधा पाउनेछन् ।

स्टार अस्पतालले पेट तथा कलेजो रोग सम्वन्धी सेवा नेपालकै प्रख्यात चिकित्सकहरुबाट दिदै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *