चौबिस घण्टामा थप २७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

104
Shares

काठमाडौँ, २ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २७४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २७० जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ७ हजार ६९१ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २६९ र १ हजार ३२५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५ जनाको गरी कुल ९ हजार १६ परीक्षण गर्दा २७४ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जना गरी उपत्यकामा १६१ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ रहेका छन् । आइसीयूमा १०४ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेका छन् ।

आज थप २ लाख ६ हजार ५२२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

यो संगै खोप अभियान सुरु भएयता हालसम्म नेपालमा २ करोड १४ लाख ४५ हजार १४५ ले खोप लागाएका छन् । जसमा १ करोड १९ लाख १३ हजार ८८६ ले पहिलो मात्रा र ९५ लाख ३१ हजार २५९ ले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *