कोभिडविरुद्धको खोप लगाइदिए वापत २० हजारमा घुस लिने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौँ, २७ मंसिर । कोरोना विरुद्धको खोप लगाउनका लागि सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको आरोपमा जनकपुरबाट दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका विद्यार्थी कृष्णाकुमार यादव रहेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले सोमबार विज्ञप्ती जारी गर्दै निशुल्क रुपमा लगाइदिनुपर्ने खोप लगाइदिन सेवाग्राहीसँग २० हजार रकम मागेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको उल्लेख गरेका छन् ।

उनीहरुलाई जनकपुर उपमहानगरपालिका ७ नयाँ बसपार्कबाट नियन्त्रण लिई आवश्यक अनुसन्धान अगाडी बढाएको अख्तियारले जनाएको छ।

आयोगका प्रवक्ता रिसालले हेल्थ असिस्टेन्ट साहले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाई दिनका लागि २० हजार रुपैयाँ मागेको र उनको निर्देशनमा हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवले खोप लगाई दिई २० हजार रुपैयाँ लिएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट अटिएको टोलीले जनकपुर उपमहानगरपालिका -७ नयाँ बसपार्कबाट रकम सहित दुबै जनालाई नियन्त्रण लिई अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *