संसद चल्नु अघि सांसद तथा कर्मचारीको कोभिड परीक्षण, २ जनामा पोजेटिभ

काठमाडौँ, २७ मंसिर ।  मंगलबार (भोली) देखि सुरु हुने संघीय संसदको बैठकलाई लक्षित गरी सरकारले आजबाट सांसद, संसद सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मीहरुको कोरोना परीक्षण थालेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरुको टोलीले आज एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेको छ ।

सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म भएको करीव ३०० जनाको परीक्षणमा २ जना कर्मचारीको कोभिड १९ रिपोर्ट पोजेटिभ आएको परीक्षण टीम संयोजक भोला अधिकारीले बताए ।  उनले आज र भोलीमा करीव ९०० जनाको कोभिड परीक्षण गर्ने योजना भएको बताए ।

यसअघि संघीय संसद् सचिवालयले भोलि देखि सुरु हुने बैठकका लागि कोभिड परीक्षण गराउन सूचना जारी गरेको थियो । सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको थियो ।

एन्टिजेन परीक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा तोकिएको थियो ।

परीक्षणका लागि अन्य पार्टीका सांसद आएको भए पनि कांग्रेस तर्फका सांसदहरु उपस्थित भएका छैनन् । ‘अधिवेशन चलिरहेकोले आज आउन नभ्याउनु भएको हो भन्ने बुझेका छौँ,’ अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *