बाजुरा : सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै

बाजुरा,  २७ मंसिर । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहेकी छिन् । बुढिनन्दा नगरपालिका वडा नं। ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जिवनमरणको दोसाधमा छिन् ।

तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताईन् । उनका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिम रहेको छ ।

स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको छ । अन्यन्त्र लैजान पैंसा नभएपछि स्वास्थ्य चौकी बाहिर घाममै महिला छट्पटाइरहेको बताइएको छ । शारदाका श्रीमान चन्दु कडारा श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गर्न बजार घुमिरहेका छन् । अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रेफर गरिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताईन् ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *