मेडिकल व्यावसायी दुर्गा प्रसाईं बने एमालेको केन्द्रीय सदस्य

काठमाडौं, २६ मंसिर । बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहेका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमालेको केन्द्रीय सदस्य भएका छन् ।

राजधानीमा जारी पार्टीको केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले प्रसाईँ सहित ४३ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

प्रसाईं चितवनमा जारी पार्टीको दशौँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा उठने घोषणा गरेका थिए ।

तर अन्तिममा सहमतिमा उम्मेद्धारी दिने योजना बनेपछि आफू ‘व्याक’ भएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *